कलिउड अपडेट ।
अमेरीकामा निर्माण गरिएको चलचित्र अमेरीकन बाबु मेड इन नेपालको नेपाल शुक्रबार अर्थात चैत्र १५ देखि सार्वजनिक प्रर्दशन हुने भएको छ । तर फिल्म हलमा नभइ डिसहोमको सिनेमा घर च्यानल नं १०८ मा प्रर्दशन हुदैछ ।
हलमा नलागी यो फिल्म सिधै डिसहोम बाट रिलिज गर्न लागिएको हो । अमेरीकामा अत्याधिक रुचाइएको यो फिल्म नेपाली हलमा लगाउन निर्माता निर्देशक लामो समय देखि कसरत गरिरहेका थिए तर बितरक तथा हलवालाले बारम्बार झुलाएको भन्दै निर्माता निर्देशकले सिधै डिसहोम बाट प्रर्दशन गर्न लागिएको बताएका छन् ।
नन्दिता केसि , बाबु बोगटि , स्मृति पोखरेल , राजेश गुरुङ , प्रवेश उप्रेति पल लगायतका कलाकारको अभिनय रहेको छ । अमेरीकामा बसेका र पुगेका नेपालीको लाइफस्टाइललाइ जस्ताको त्यस्तै देखाएको चलचित्रका निर्देशक इश्वर थापाले जानकारी दिए । चलचित्रलाइ राजेश गुरुङ , मिना रानामगर , सम्झना उप्रेतीले संयुक्त रुपमा निर्माण गरिएको यो चलचित्र ड्रिम्स गेट नेपालको व्यानरमा निर्माण भएको चलचित्र हो ।