Like us on facebook

Advertisements

  • youtube-subscribe logo
  • दर्शक प्रतिकृया बाट खुसि निर्देशक थापा

    कलिउड अपडेट , काठमाण्डौ ।
    एक साता अघि यूएसए मा छायांकन भएको र त्यहिको कथा उठाएको फिल्म अमेरीकन बाबु मेड इन नेपाल सिधै यूटुवमा रिलिज भयो । फिल्म निर्देशक इश्वर थापाको आफ्नै ड्रिम्स गेट इन्टरटेन्मेन्ट बाट रिलिज गरियो । यूटुवमा रिलिज पछि फिल्मले मिश्रीत प्रतिकृया पाइरहेको छ । तर निर्देशक थापा फिल्मले पाएको प्रतिकृया बाट खुसि छन् ।


    अमेरीकाको व्यस्त तथा अति संवेदनसिल शहरको रुपमा चिनिएको न्यूयोर्कमा अनुमति लिएर नै छायांकन गरिएको नेपाली फिल्म संभवत यो पहिलो हुन सक्छ । स्थानिय प्रहरी प्रशाशन देखि मुख्य मुख्य स्थान फिल्म खिचिएको छ । सिधै यूटुबमा रिलिज गरिएको यो फिल्मले घाटा भने बेहोर्नु परेन । अमेरीकाका बिभिन्न स्टेट र क्यानडा शो बाट लगानि लगभग रिकभर भएको निर्देशक थापा बताउछन् ।
    आफ्नो फिल्ममा न कुनै स्टारकास्ट न कुनै प्रोफेसनल टिम त्यहि पनि नयाँ स्थानमा निर्माण गरिएको फिल्मलाइ दर्शकले साथ दिएको मा आभार व्यक्त गरेका छन् । यूटुवमा यो फिल्म २ लाख १८ हजार भन्दा बढि दर्शकले हेरिसकेका छन् ।
    नेपाल बाट बिभिन्न बहानामा अमेरीका पुगेका नेपाली को बास्तबिक चित्रण गरिएको यो फिल्म लाइ यूटुवमा अमेरीका , यूरोप तथा अष्ट्रेलियाका दर्शकले धेरै हेरेका छन् ।

    Share the News

    Related News

    Adverstisements

  •  

     

     

     

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4