कोरियामा छायांकन गरिएको एक म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । कर्मा ग्याल्देन बमजन र बनिका प्रधानको आवाज रहेको गित म संग मन छ को भिडियो मा सुर्य कुइकेल अमन र सपना अधिकारीको अभिनय देख्न सकिन्छ ।
अति नै माया गर्ने प्रेमि प्रेमिका बिच शारिरीक सम्वन्ध हुन्छ , प्रेमिका गर्भवति हुन्छिन् , प्रेमि फोन छोडेर गुलाफको फूल किन्न जान्छन् तर यता प्रेमिकाले बारम्बार फोन गरिरहन्छीन् । फोन नउठेपछी प्रेमिले आफूलाइ धोका दिएको भन्दै बिष सेवन गरे पछि एउटा साचो माया गर्ने प्रेमि प्रेमि को सदाको लागि बिछोड हुन्छ । यहि कथालाइ भिडियोमा उतार्न खोजिएको छ । यस म्यूजिक भिडियोका निर्देशक एव सम्पादक रमेश संग्रौला हुन् भने छायांकन नरेन श्रेष्ठले गरेका छन्
राम बहादुर बोहरा को शव्द रहेको यस गितमा संगित शिखर सन्तोषले संगित दिएका छन् ।