Like us on facebook

Advertisements

  • निर्माता संघमा आकाश अधिकारी निर्बिरोध


    कलिउड अपडेट , काठमाण्डौ ।
    बिबाद र बिरोध बिच पनि चलचित्र निर्माता संघको मनानयन दर्ता बुधबार सकिएको छ । मनोनयन दर्ता सकिए संगै निबिरोध अध्यक्षको रुपमा आकाश अधिकारी चयन हुने पक्का भएको छ । आकाशको प्रतिद्धन्दीमा कसैले पनि उम्मेद्धारी नदिए पछि उनि निर्बिरोध भएका हुन् । यस्तै महासचिवमा रोजराणा र सचिव पदमा छबिराज ओझा पनि निबिरोध हुने पक्का भएको छ ।
    यस्तै कोषाध्यक्ष पदको लागि पनि शुशिल पोखरेलको बिपक्षमा कसैले पनि उम्मेद्धारी नदिए पनि उनि पनि निर्बिरोध हुने देखिएको छ । बिहिबार सम्म उम्मेद्धारी दाबि र फिर्ता लिन पाइने छ भने २ उपाध्यक्ष र सदस्य बिच भने शुक्रबार चुनाव हुदै छ । २ उपाध्यक्षको लागि माधव वाग्ले, गोबिन्द शाहि र केशव भट्टराइ प्रतिस्पर्धा गर्दैछन् भने ९ सदस्यको लागि ११ जनाले उम्मेद्धारी दर्ता गराएका छन् । सदस्य पदमा करिश्मा मानन्धर, रोहित अधिकारी, दीपेन्द्र के खनाल, भानुप्रताप, निश्चल बस्नेत, दीपकराज गिरी, अर्जुनकुमार, चेतन सापकोटा, निकिता पौडेल, सुशान्त श्रेष्ठ, रौनक विक्रम कँडेलले उम्मेदावरी दिएका छन् ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4