चलचित्र अझै पनिले आज राजधानिमा एक कार्यक्रम आयोजना गरि चलचित्रको पोष्टर र ट्रेलर सार्वजनिक गरेको छ । स्वर्गिय आलोक नेम्वाङ को निर्देशन रहेको अन्तिम चलचित्र अझै पनि यहि फागुन १५ बाट प्रर्दशनमा आउदैछ ।
पुनम गौतम र सुदर्शन थापाको निर्माण मा तयार यस चलचित्रलाइ एकल रिलिज गर्न निर्माण पक्षले पहल गरिदिन पनि आग्रह गरेको छ । आलोक नेम्वाङ नहुँदा चलचित्र लाइ ठूलो क्षति पुगेको बताउदै निर्माता सुर्दशन थापाले चलचित्रको एक संवादलाइ उपस्थित सन्चारकर्मि माझ प्रस्तुत पनि गरेका थिए ।उनले चलचित्रको एक दृश्यमा बोलेको सम्बाद कार्यक्रममा बोल्दै चलचित्रमा आफ्नो प्रेमिकाको रुपमा देखिएकी पुजा शर्मालाई स्टेजमा समेत बोलाएका थिए । उनले स्टेजमा पुजालाई बोलाएर आई लब यू समेत भन्न भ्याए । त्यति मात्र होइन सुदर्शनले आई लब यू भन्दै चलचित्रको एक दृश्यमा गरे झै गरेको अभिनय प्रस्तुत गर्दा उनले पुजाको हात समेत चुम्न भ्याए । चलचित्रमा सुदर्शन थापा, पुजा शर्मा, सुरक्षा पन्त, मिथिला शर्मा, विजय लामा, विशाल ढुंगाना, पुष्प खड्का, रामेश्वर पाठक लगायतका कलाकारहरुको अभिनय रहेको छ ।