भाद्र २० , कलिउड अपडेट ।
चलचित्र ऐश्वर्यको गीत र टिजरपछि चलचित्रको पोष्टर सार्वजनिक गरिएको छ । चलचित्रका हरेक प्रचार प्रसार सागग्रिमा नवनायीका दिपिका प्रसाइ हाइलाइट्स भएकि छिन् । चलचित्रमा अर्की नायिका केकी अधिकारी पनि छिन् । तर, यसको निर्माणपक्षले केकीलाइ पोष्टर, टिजरबाट लुकाएको छ ।
चलचित्रमा दीपिका सुपर मोडलको भूमिकामा देखिएकी छिन् । दिवाकर भट्टराइ निर्देशित चलचित्रमा रमेश उप्रेती, केकी अधिकारी, दीपिका प्रसाइ र प्रशान्त ताम्राकार मुख्य भूमिकामा छन् । चलचित्रको पोष्टरमा मा पनि यी तिनै जनालाइ फोकस गरिएको छ ।
चलचित्रको पोष्टरमा शिर्ष पात्रका लागि रमेश र प्रशान्त को टक्कर देखाइएको छ ।
रमेश उप्रेती प्रस्तुतकर्ता रहेको यो चलचित्रमा अर्जुन श्रेष्ठ र किरण राणा उप्रेती निर्माताको रुपमा छन् सुदिप बरालले छायांकन गरेको चलचित्रको कार्यकारी निर्माता निर्मल शर्मा हुन् । कलाकार तथा प्रस्तुतकर्ता रमेश उप्रेतीले गीत र टिजरबाट पाएको प्रतिक्रियाले आफूहरु अत्यन्त उत्साहित भएको बताए । कात्तिक ९ गतेबाट यो चलचित्र रिलिज हुँदैछ ।