Like us on facebook

Advertisements

  • youtube-subscribe logo
  • अदालतको पहिलो गीत सार्वजनिक, हिरो भन्दा हिरोइन कडा (भिडियो सहित)

    कलिउड अपडेट ।
    फागुन २४ गते बाट प्रर्दशन हुने चलचित्र अदालतको पहिलो गीत सार्वजनिक गरिएको छ । फागुन २४ बाट प्रर्दशन हुने चलचित्र अदालतको शुक्रबार एक कार्यक्रम आयोजना गर्दैै सार्वजनिक गरिएको छ । सो अवसरमा बिभिन्न क्षेत्रमा रहेर चलचित्र अदालत निर्माण तथा प्रर्दशनमा योगदान पुर्याउनु हुने व्यक्तिलाइ सम्मान गरिएको छ ।
    नेकपा संसदिय दलका प्रमुख सचेतक देब गुरुङ को प्रमुख आतिथ्यमा उक्त कार्यक्रम आयोजना गरिएको थियो । उक्त कार्यक्रममा चलचित्रको एक गीत पनि देखाइएको थियो जसमा सार्वजनिक गीतामा गीतमा सुशन साम्सोहांग र मेनुका राइको आवाज, दिनेश लिंग्देनको शब्द तथा रोशन बान्तवा राईको संगीत संयोजन रहेको छ ।

    समाजमा घटिरहेका हत्या, हिँसा, बलात्कार, अबैध धन्दा जस्ता अपराधीक एवम संबेदनसिल घटनाहरुलाई मुख्य बिषय बनाइ निर्माण गरिएको चलचित्र फाल्गुनन्द लिङ्देन फिल्मसको ब्यानरमा निर्माण भएको चलचित्र हो ।

    चलचित्रमा एलिना बास्कोटा, राजकुमार अधिकारी, मदन भुजेल, रुद्र पाहिम लिम्बु, शान्ति लामा, मेखबहादुर मगर, उदय सुब्बा, प्रेम आले, दिपक क्षेत्री, राजु घिमिरे, दिलिप ठकुरी, पुन्य ओझा, अजय खडकाआदिको मुख्य भुमिका रहेको छ ।

    चलचित्रमा डा। डिजन भट्टराईको गीत, रोशन बान्तवा राईको संगीत, दिनेश माङमुको नृत्य, राजु किराँतीको द्वन्द्व, विक्रम डिसिको छायांकन रहेको छ । चलचित्रमा बसन्त थेवे कार्यकारी निर्माता, मेखबहादुर मगर सह–निर्माता र आरपी दाहाल प्रस्तुतकर्ता रहेका छन् । चलचित्रलाइ सरोज शर्मा र डा सुनिता भट्टराइले बितरणको जिम्मा लिएका छन् ।

    Share the News

    Related News

    Adverstisements


  •  

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4