श्रावण १ , कलिउड अपडेट ।
आशिरमान देशराज श्रेष्ठ र आना शर्मा अभिनित फिल्म ‘ग्याङस्टार ब्लूज’ को रोमान्टिक गीत रिलिज भएको छ । गीतमा कालिप्रसाद बास्कोटा र मेलिना राइको आवाज रहेको छ भने कालिप्रसादकै संगीत, कालिप्रसाद र सविन एकतारेको शब्द छ ।
फिल्म होस्टेलबाट निर्देशनमा डेब्यू गरेका हेमराज बीसीले निर्देशन गरेको ‘ग्याङस्टार ब्लूज’मा आशिरमानलाई एंग्री योङम्यानको लुक्स प्रस्तुत गरिएको छ ।
यो फिल्ममा आना शर्मा, आशिरमान देशराज को साथमा संयम पुरी, प्रमोद अग्रहरि, रोजिशा शाही ठकुरी लगायतका कलाकारको अभिनय ।रहेछ । मनिष पण्डित कार्यकारी निर्माता रहेका फिल्ममा सरोज न्यौपाने र हेमराज बीसी निर्माताको रुपमा रहेका छन् ।
एउटै फिल्म रिलिज नहुदै डिमान्डेट बनेका नायक यसै फिल्मबाट रजतपटमा स्थापित हुदैछन् । चलचित्र भाद्र २ देखि प्रर्दशन हुदैछ ।