कलिउड अपडेट ।
चलचित्र आरुषिको गीत रेकर्डिङ सम्पन्न भएको छ । केहि दिन बाट छायांकनमा जाने चलचित्र आरुषि का गीतमा बिकाश चौधरी र ताराप्रकाश लिम्बुको संगीत रहेको छ । शुक्रबार राजधानि स्थित गुन्जन रेकर्डिङ स्टुडियो पुग्दा चलचित्रको अन्तिम एक गीत धमाधम रेकर्ड भइरहेको थियो । सुन्निमा इङ्नाम र सुशन साम्सुहाङको आवाज हरेको गीतमा लय संग्रौलाको शब्द रहेको छ भने बिकाश चौधरीको संगीत रहेको छ ।
उदय सुब्बा निर्देशित चलचित्र आरुषिलाइ बिरु गुरुङ , सहारा प्रधान र केशव कुमार श्रेष्ठले संयुक्त रुपमा निर्माण गर्दैछन् । चलचित्र बाट रमा लिम्बु र इशब राइ ले अभिनयमा डेब्यू गर्दैछन् । चलचित्र नयाँ बर्षको अवसरमा प्रर्दशन हुने निर्देशक सुब्बाले जानकारी दिएका छन् ।