Like us on facebook

Advertisements

  • youtube-subscribe logo
  • सकियो आरुशीको छायांकन , रिलिज नयाँ बर्षमा

    कलिउड अपडेट ।
    पुराना एवं पाका निर्देशक उदय सुब्बाको निर्देशन रहेको चलचित्र आरुशी को छायांकन ३५ दिनमा शनिबार सकिएको छ । प्रदेश नं १ का बिभिन्न रमणिय स्थानहरुमा चलचित्रको छायांकन गरि निर्माण यूनिटले छायांकन प्याकअप गरेको छ । पूर्वको चैनपुर , ताप्तेजुङ , संखुवासभाको गुफा पोखरी , झापा , धनकुटा र इलाम का मनमोहन स्थानमा चलचित्रको छायांकन गरिएको निर्देशक उदय सुब्बाले जानकारी दिए ।

    त्रिकोणात्मक प्रेमकथा बोकेको चलचित्र आरुशीबाट रमा लिम्बु र इशक राइले डेब्यू गर्दैछन् भने चलचित्रमा कला राइको मुख्य भुमिका रहेको छ । चलचित्रमा कला राइ , रमा लिम्बु , इशक राइ संगै सुनिल थापा , दमन रुपाखेति , सुरबिर पण्डित , राम चन्द्र अधिकारी , भुपेन्द्र लिङदेन , उदय सुब्बा लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रका गीतमा ताराप्रकाश लिम्बु र बिकाश चौधरीको संगीत रहेको छ भने कमल राइ र दिनेश पाख्रिनको कोरियोग्राफि रहेको छ । द्धन्द निर्देशन राजु किरातिले गरेका छन् भने चलचित्रलाइ सहारा प्रधान , बिरु गुरुङ र केशब कुमार श्रेष्ठको संयुक्त रुपमा निर्माण गरेका हुन् । चलचित्र नयाँ बर्ष २०७६ को अवसरमा प्रर्दशनमा आउने छ ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4