कलिउड अपडेट
चलचित्र लेखक मौनता श्रेष्ठको निर्माण रहने चलचित्र आँधीतुफान २ को निर्देशकको रुपमा पुराना निर्देशक मदन घिमिरे फाइनल भएका छन् । धेरै हिट सिनेमा दिएका निर्देशक घिमिरे र निर्माता श्रेष्ठ बिच बिहिबार सम्झौता भयो । साथै चलचित्रको गीत रेकडिङ कार्य पनि आरम्भ भएको निर्माता मौनता श्रेष्ठले कलिउड अपडेटलाइ जानकारि दिए ।
बिकाश चौधरीको संगीत रहने गीतमा बाजा हाल्ने काम सकिएको र उक्त गीतलाइ उदित नारायण झाले गाउने संगीतकार चौधरीले जानकारी दिए ।
आँधितुफान २ मा कलाकार को रहने भनेर तय भइनसकेको तर नयाँ पुस्ताका कलाकार रहने बुझिएको छ ।