Like us on facebook

Advertisements

  • सम्पादनको अन्तिम चरणमा आकाशे खेती , फिल्म रिलिज बैसाख २६ मा

    कलिउड अपडेट ।
    जसरी हुन्छ पैसा कमाउने उदेश्य बोकेका युवाको कथा मा आधारीत चलचित्र आकाशे खेतिको यतिबेला पोष्टप्रोडक्सन कार्य भइरहेको छ । डेढ दर्जन फिल्म निर्माण गरि सकेका निर्देशक उदय सुव्वाको निर्देशनमा तयार भइरहेको यो चलचित्र बैसाख २६ गते बाट प्रर्दशन हुने भएको छ ।

    समय को माग अनुसार कै कथामा चलचित्र निर्माण गरेको बताउदै निर्देशक उदय सुव्वा ले यस पटक आफूले धार परिवर्तन गरेको समेत बताएका छन् । मनोरञ्जनात्मक ढंगबाट तयार पारिएको चलचित्रमा समाजका विभिन्न घटनाक्रमलाई मनोरञ्जनात्मक रुपमा प्रस्तुत गरिएको छ । चलचित्रमा विक्रम डि सि को छायाँकन , राजु किरातीको द्धन्द्ध , राम जी लामिछानेको नृत्य निर्देशन रहेको छ ।

    आकाशे खेतीमा विल्सन विक्रम राई तोक्मे बुढा ,गौरव पहाडी , निता ढुङ्गगाना , बुद्धि तामाङ्ग, रविन्द्र झा , रजनी गुरुङ्ग, अनुप याक्सो , रमा लिम्बु , लक्षु शर्मा , प्रकाश शर्मा रामकृष्ण न्यौपाने र भुवन काफ्ले गोबिन्द लगायतका कलाकारको अभिनय रहेको छ ।
    २०७६ पुस २९ गते प्रकाशित ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4