Like us on facebook

Advertisements

  • चितवन बाट सुरु भयो ‘ए वन स्टार’ रियालिटि शो को अडिसन

    कलिउड अपडेट ।
    No ticket voting-No form fee भन्ने मुल नाराका साथ नबोद्दय कलाकारहरुको कला-गलाको उचित कदर गर्नका लागि Five Monkeys तथा Events Nepal द्वारा Nepal A-one star (The biggest dancing & singing t.v reality show) नामक एउटा शृङ्खलाबद्ध देशव्यापी कार्यक्रम आयोजना गरिएको छ । नेपालमा जतिसुकै विशाल कार्यक्रमहरु आयोजना भैरहेको भएता पनि टिकटको ठेलीहरुद्वारा लाखौं रुपैयाँको आदानप्रदान नभई सहभागीहरुले अघि बढ्न नपाउने प्रवृत्तिको बिकास भैरहेको छ ,सम्मान र कदर गर्नु पर्ने उत्कृष्ट कला-गलाका प्रखर कलाकारहरु भने यिनै लाखौंलाखका ठेलमठेल गर्न नसक्नुको कारण हतोत्साहित ,निरुत्साहित तथा कला क्षेत्रलाई नै परित्याग गर्नु परेको कयौं घटनाहरु आँखा अगाडि प्रत्यक्ष देखिन्छ । यहीँ कुप्रथालाई अन्त्य गर्नका लागि र उचित कला-गलाको कदर गर्नको लागि Nepal A-one star को जन्म भएको आयोजक टिमले जानकारी दिएको छ । श्रावण ५ गते चितवन अडिसन संगै सुरु भएको यो रियालीटि शो देशका बिभिन्न मेजर शहरहरुमा अडिसन गरिने छ ।

    पुरस्कार लाइ भन्दा पनि अवसरलाइ प्राथमिकता दिने लक्ष्यको साथ आयोजना गर्न लागीएको यो कार्यक्रममा पुरस्कारको रुपमा गायन तर्फका बिजेताले नगद २ लाख रुपैयाँ ,एउटा स्कुटर ,३ वटा गीत रेकर्ड प्राप्त गर्नेछ भने दुरुस्तै नृत्य बिधाका बिजेताले पनि २ लाख नगद ,एउटा स्कुटर ,३ वटा म्युजिक भिडियो प्राप्त गर्नेछ । द्दितिय स्थान हासिल गर्नु हुने गायन बिधाका बिजेताले नगद एक लाख रुपैयाँ ,एक वटा गीत प्राप्त गर्नेछ भने नृत्य बिधाका का द्दितिय बिजेताले पनि एक लाख नगद ,एक वटा म्युजिक भिडियो प्राप्त गर्नेछ । त्यस्तै गरि गायन बिधाका तृतीय बिजेताले पचास हजार नगद ,एक वटा गीत रेकर्ड प्राप्त गर्नेछ भने नृत्य बिधाका तृतीय बिजेताले पनि पचास हजार नगद ,एक वटा म्युजिक भिडियो प्राप्त गर्नेछ । दुबै बिधाका सम्पुर्ण बिजेताले गायन तर्फाका बिजेताहरुलाई एक वर्ष संगीत कक्षा निशुल्क प्रशिक्षण गराईने छ भने नृत्य बिधाका सबै बिजेतालाई एक बर्ष निशुल्क नृत्य कक्षा प्रशिक्षण गराउने छ ।

    यस गायन तथा नृत्य रियालिटि शो को निर्णायकको रुपमा संगीत बिधा तर्फ वरिष्ठ संगीत प्रशिक्षक तिर्थराज पोखरेल ,चर्चित गायिका दिपा लामा तथा सिक्किमेली संगीतकार रेगन क्षेत्री रहनेछनृ भने नृत्य तर्फ अन्तर्राष्ट्रिय संस्कृतिकर्मी सन्तोष लामा सोनुव्यास ,चलचित्र बितरक तथा निर्माता शिवराज कार्की ,नायक सुशान कार्की रहनु भएको छ ।
    कार्यक्रमलाई १५ भागमा संचालन गरिनेछ ,कार्यक्रमको ग्राण्ड फिनाली चितवनको नारायणी कार्यक्रम प्रदर्शनी केन्द्रमा गरिने अध्यक्ष नवराज न्यौपानले जानकारी दिएका छन् ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4