कलिउड अपडेट ।
Events Nepal को आयोजनाद्वारा सुरु गरिएको देशव्यापी एक विशाल कार्यक्रम हो “Nepal’s A-One Star” जसमा नृत्य र गायन प्रतिभाहरुले आफ्नो प्रतिभा सहित सहभागी हुन पाउनेछन् । देशमा स-साना धेरै कार्यक्रमहरु संस्थागत र ब्यक्तिगत स्वार्थको लागि आयोजना हुँदै आई रहेको छ ।प्रतिभाको कदर कम र ठुला धनराशिको चलखेल मच्चाइने खालका अनेक कयौं नामका रियालिटी शो कार्यक्रमहरु आए तर कुनै पनि त्यस्ता लुटतन्त्र मच्चाउने कार्यक्रमहरुबाट गतिला कलाकार र प्रतिभा जन्माउन सकेको छैन ,यहि भावनालाई महशुस गर्दै यस्तै कार्यक्रमबाट ठगिन पुगेका युवाहरु जुरमुराएर प्रतिभाको कदर गर्नका लागि एउटा छुट्टै देशव्यापी कार्यक्रम ल्याउन लागेका हुन् “Nepal’s A-One Star” सम्भवत त Nepal Idol,Boogie-Woogie र The Voice Of Nepal पछि यो कार्यक्रम अर्को विशाल कर्यक्रम रहने आयोजक टोलिको भनाई छ ।
हामी कुनै प्रतिभालाई बाहिरी रास्ट्रको ट्रीप र आश्वासन र ठूलो धनराशीको पुरस्कार भन्दा पनि सहिप्रतिभाको खोजी गरेर देशलाई सुम्पने हाम्रो धेय हो भन्छन् कार्यक्रम ब्यवस्थापनका अध्यक्ष नवराज न्यौपाने । गायन र नृत्य बिधाका दुबै बिजेतालाई दुई – दुई लाख नगद र एक – एक वटा स्कूटर सहित तीन वटा गीत रेकर्ड गायनलाई र तीन वटा म्युजिक भिडियो नृत्यलाई लगायत एक एक बर्ष गायन र नृत्यमा निशुल्क प्रशिक्षण गराउने उपहार राखिएको छ भने द्वितीय तर्फ एक-एक लाख नगद सहित एक वटा गीत रेकर्ड र म्युजिक भिडियो साथै एक बर्ष दुबै बिधाकालाई गायन र नृत्य प्रशिक्षण निशुल्क गरिने छ । त्यस्तै गरि तृतीय स्थान हासिल गरे बापत पचास हजार नगद ,एउटा गीत रेकर्ड तथा म्युजिक भिडियो गराउनका साथै निशुल्क कक्षा प्रदान गरिने छ । निशुल्क फारम बितरण भैरहेको यश कार्यक्रमको छोटो समयमा नै देश भरी ठूलो चर्चा हुन थालेको छ ।
फेसबूक मार्फत बिज्ञापनमा विशेष जोड दिएको र सम्बन्धित ठाउँहरुमा आयोजक समिती पुगेर ब्यवस्था गर्नुको कारण पनि Nepal’s A1 Star ले स्तरिय चर्चा देशैभरीबाट पाई रहेको छ । यहि चर्चा र प्रशंसाको प्रभाव जनकपुरमा पनि निकै परि रहेको त्यहाका जनताको चासोले प्रष्ट देखाउछ जस कारण Nepal’s A-One Star को आधिकारिक पेजमा जनकपुर अडिसन ल्याउनका निमित्त थुप्रै प्रस्तावहरु आउने गरेको छ । आयोजक समितिको बैठकले जनकपुरमा पनि जनताको मागको कदर गर्दै अडिसन गरिने निर्णय बाहिर ल्याएको छ ।
देशभरिको १९ स्थानमा Nepal’s A1 Star को अडिसन रहने पनि आयोजक समितिले जानकारी दिइएको छ । जसमध्ये श्रावण ०५ गते चितवन ,श्रावण ०९ गते हेटौंडा ,श्रावण १२ गते बिरगंज ,श्रावण १६ गते धनकुटा ,श्रावण १९ गते इटहरी ,श्रावण २२ गते झापा ,श्रावण १६ गते नवलपरासी ,श्रावण २९ गते बुटवल ,भाद्र ०२ गते कोहलपुर ,भाद्र ०५ गते बर्दिया ,भाद्र ०९ गते धनगढी ,भाद्र १३ गते पोखरा ,भाद्र १६ गते लमजुङ ,भाद्र १९ गते गोर्खा ,भाद्र २३ गते काठमाडौं ,भाद्र २६ गते दोलखा ,त्यस्तै गरि दाङ ,इलाम र बाग्लुङको शिघ्र अडिसन मिति ,समय र स्थान प्रस्तुत गरिने आयोजकले बताएको छ ।