माघ १३ , कलिउड अपडेट ।
पछिल्लो समय आइटम डान्स गर्न थालेका निर्देशक निश्चल बस्नेत अव हिरो नै हुने भएका छन् । निश्चल को मुख्य भुमिका रहने चलचित्रको नाम हो २ रुपैया । असिम शाह को निर्देशनमा बन्न लागेको चलचित्र २ रुपैयामा उनि मुख्य कलाकारको रुपमा उनले साइन गरीसकेको बुझिएको छ । निश्चल संगै चलचित्रमा आशिफ शाहको पनि मुख्य भुमिका रहने छ ।
फागुन २० बाट फ्लोरमा जाने चलचत्रि २ रुपैयामा आशिफ र निश्चलको साथमा प्रमोद अग्रहरी , रबिन्द्र झा , राजन इशानको पनि अभिनय रहने छ । चलचित्रकी नायीकाको बारेमा भने निर्माण पक्षले कसैको नाम सार्वजनिक गरेको छैन ।