Like us on facebook

Advertisements

  • निर्देशक दिपेन्द्र लामाको २ नम्बरी घोषणा

    कलिउड अपडेट ।
    यस वर्षको सुपरहिट चलचित्र ‘छ माया छपक्कै’ का निर्देशक दीपेन्द्र लामाको निर्देशनमा अर्को चलचित्र निर्माण हुने भएको छ , ‘२ नम्बरी’ सोमबार राजधानीमा एक कार्यक्रमका बीच यो चलचित्र निर्माणको घोषणा गरिएको हो । चलचित्रमा दयाहाङ राई, पल शाह, वर्षा राउत र बुद्धि तामाङको शिर्ष भूमिका रहनेछ । चलचित्रको कथा पटकथा निर्देशक लामाकै रहने छ । माघ अन्तिम साताबाट छायांकन सुरु हुने चलचित्रको अर्को वर्षको जनै पूर्णिमामा प्रदर्शन मिति तोकिएको छ ।

    रेड वर्ड प्रोडक्सन र आरआएर फिल्म प्रोडक्सनको ब्यानरमा रोहित कट्टेल र सरोज नेपाली निर्माताको रुपमा रहने चलचित्रको प्रस्तुतकर्तामा किरण नेपाली छन् । अमलादेवी राई सह–निर्माता रहको चलचित्रमा रत्न श्रेष्ठ कार्यकारी निर्माताको रुपमा छन् ।

    निर्देशक लामाले ‘घामपानी’ ‘गोपी , छ माया छपक्कै जस्ता चलचित्र निर्देशन गरिसकेका छन् ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4