कलिउड अपडेट ।
चलचित्र नाइ नभन्नु ल ५ बाट डेव्यू गरेका अभिसेक नेपालको अभिनय रहेको दोश्रो चलचित्र १२ सत्ताइसको ट्रेलर सार्वजनिक गरिएको छ । जोन योन्जनको लेखन एव निर्देशन रहेको यस चलचित्रमा सिधा तरिकाले भन्दा १२ सत्ताइस गरेर छिटो पैसा कमाउने खोज्ने युवाको कथा रहेको छ ।
चलचित्र १२ सत्ताइसमा नेपालको साथमा समिर श्रेष्ठ, काजी राना, अस्मिता लामिछाने, सम्राट थापा, विना कार्की, अस्मिता खनाल, अभोन राजलगायतका कलाकारहरुको अभिनय छ । मंसिर। २७ बाट प्रर्दशनमा आउने चलचित्र १२ सत्ताइसले दर्शकको चित्त बुझाउने निर्देशकको भनाइ रहेको छ ।