Like us on facebook

Advertisements

  • साउथ इन्डियन टिम संग नेपाली फिल्म

    कार्तिक १५ , कलिउड अपडेट ।
    चलचित्र बागमतिको यूनिटले आज पत्रकार भेटघाट कार्यक्रम आयोजना गर्दै चलचित्रको बारेमा जानकारी दिएको छ । चलचित्रका सम्पूर्ण सामग्रि तथा टेक्निसियन , निर्देशक , उपकरणहरु समेत साउथ इन्डिया बाट ल्याइ निर्माण गरिएको चलचित्र बागमतिको ४५ दिनमा छायांकन सकिएको छ ।
    bagmati _ rajesh
    नेपाली चलचित्रमा आज सम्मकै ठूलो बजेटमा निर्माण को दाबि निर्माण पक्षले गरेको छ तर कति बजेट भएको कारण ठूलो बजेट भनियो त्यो भने खुलाइएको छैन । चलचित्रमा राजेश हमाल , केकि अधिकारी , शिव श्रेष्ठ , मुकुन्द श्रेष्ठ , ध्रुव कोइराला , कन्चन ठकुरी र नया प्रस्तुतिमा रबिकार घिमिरे र श्रेया कार्किको अभिनय रहेको छ । bagmati _keki

    ट्रि इन्टरटेनमेन्टको व्यानरमा निर्माण गरिएको यस चलचित्रलाइ एक एक्सपेरिमेन्ट फिल्म भनिएको छ ।
    माधे सक्रान्तिमा प्रर्दशन लक्ष्य राखिएको यस चलचित्रमा कथा तथा निर्देशन सन्नी (केरला)को छ । चलचित्रका निर्माता दिनेश दर्शनधारी हुन् ।
    नेपाली प्राबिधिक चलचित्रमा प्रयोग नगरिए पनि प्राबिधिक संघ संग समन्वय गरि नै चलचित्र निर्माण गरिएको हुँदा चलचित्र प्राबिधिक संघले चलचित्र बागमतिलाइ सधै सहयोग गर्ने बताइएको छ । bagmati 01

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4