विगत दुई वर्ष देखी निरन्तर रुपमा सञ्चारमाध्यम मार्फत सामाजिक, आर्थिक, सांस्कृतिक विकासका लागी क्रियाशिल चन्दा प्रोडक्सनले समाज रुपान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आईरहेको छ ।
छोटो समयमा नै यस प्रोडक्सन हाउसकी अध्यक्ष तथा प्रवन्ध निर्देशक चन्दा घिमिरेले आप्mनो सामाजिक उत्तरदायित्वलाई मनन गर्दै विभिन्न अवसरमा सञ्चारमाध्यम मार्फत समाजमा पे्ररणादायी काम पनि गर्दै आउनुभएको छ ।
नेपाल टेलिभिजनवाट विगत एक वर्ष देखी पर्यटन, संस्कृति र विकास संग सम्वन्धित कार्यक्रम सहयात्रा नामक सन्देशमुलक कार्यक्रम उत्पादन तथा प्रशारण गर्दै आईरहेको चन्दा प्रोडक्सन हाउसले समाजमा विभिन्न प्रकारका रचनात्मक तथा सृजनशिल उत्प्रेरणादायी कार्य पनि गर्दै आईरहेको छ ।
यसैक्रममा प्रोडक्सनकी अध्यक्ष तथा प्रवन्ध निर्देशक सञ्चारकर्मी घिमिरेले विगत वर्ष झै यस वर्ष पनि समाजका युवावर्गलाई सन्देश दिनेगरि आप्mनो जन्म दिनको अवसर पारेर गत साता निःसहाय सेवा सदन (ज्येष्ठ नागरीक आवाश गृह) मा बृद्धबृद्धाहरुलाई भोजन गराउनु भएको छ । लागू पदार्थ लगायत विभिन्न दुव्र्यसनीको कुलतमा लागेर केहि युवा जगत राष्ट्र र समाज प्रतिको आप्mनो उत्तरदायित्ववाट विमुख भैरहेको वर्तमान परिप्रेक्ष्यमा यस प्रकारको प्रेरणादायी, रचनात्मक कार्यले समाजका यूवावर्गहरुलाई पनि गतिलो सन्देश दिएको छ ।