कार्तिक ७ , कलिउड अपडेट ।
छबिराज प्रोडक्सनको व्यानरमा नवल नेपालको निर्देशन रहेको चलचित्र लज्जाले सुखद् सुरुवात गरेको छ । देशभरको करिव ६५ सिनेमा घरहरु बाट प्रर्दशनमा आएको चलचित्र लज्जालाइ दर्शक बाट सकारात्मक प्रतिकृया पाएको निर्माता छबिराज ओझाले कलिउड अपडेट लाइ जानकारी गराए ।
कलिउड अपडेट संगको कुराकानिमा निर्माता ओझा भन्छन् “चलचित्र भित्रको सेन्टिमेन्ट्स लाइ नै दर्शकले मन पराएका छन् ।” यस्तै निर्माता ओझाका अनुसार उनका अघिल्ला चलचित्रहरु भन्दा भन्दा पहिलो दिनको कलेक्सन लज्जाको नै सवै भन्दा बढि भएको पनि जानकारी गराए । चलचित्र लज्जामा आर्यन सिग्देल र शिल्पा पोखरेलको मुख्य भूमिका रहेको छ ।