Like us on facebook

Advertisements

  • राम्रो कथा खोज्दै ‘अझै पनि’ कि निर्मात्री पुनम गौतम

    कलिउड अपडेट , काठमाण्डौ। निकट भविष्यमा पुनम इन्टरटेनमेन्टद्वारा बन्ने चलचित्रको लागी कथाको आह्वान गरिएको छ । कथा जुनसुकै पक्षको हुनसक्ने पुनम इन्टरटेनमेन्टकी पुनम गौतमले बताएकी छिन् । ‘यस्ता प्रतिभाहरु छन् जसले सम्बन्धित ठाउँसम्म आफुभित्रका श्रृजना पुर्‍याउन सकिरहेका छैनन् । हामीले बनाउने चलचित्रमा नयाँ क्षमतावान सर्जकलाई सगौरव स्थान दिन चाहन्छौँ’, गौतमले भनिन्, ‘संसारको जुनसुकै कुनाबाट पनि कथा पठाउन सकिनेछ’ ।poonam-gautam

    कथा पठाउँदा नितान्त आफ्नै श्रृजना हुनुपर्नेछ । कहिँ कतैबाट साभार गरिएको कथालाई मान्यता दिईने छैन । कथा पठाउँदा वानलाइन, कथा मात्रै अर्थात पुरै स्क्रिप्ट पनि पठाउन पाईनेछ । प्राप्त सबै कथालाई अध्ययन गरी उत्कृष्टबाट चलचित्रमा समावेश गरिने गौतमले बताईन् ।’यो आह्वान प्रतियोगिताको रुपमा भने हुँदै होइन, हाम्रो चाहना नदेखिएका सर्जकलाई अगाडी ल्याउनु हो’ पुनमले भनिन् । गौतमका अनुसार छानिएको कथालाई लेखकको मागको आधारमा आपसी समझदारीमा पारिश्रमिक तय गरिने छ ।

    कथा पठाउन यो ईमेल ठेगाना script.punament@gmail.com प्रयोग गर्न सकिनेछ ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4