Like us on facebook

Advertisements

  • राजा नभएको देशमा फिल्मी राजारानि (फोटो फिचर)

    कार्तिक २८ , कलिउड अपडेट ।
    राजतन्त्र हटेर देश गणतन्त्रमा परिणत भइ सक्यो तर आज एक कार्यक्रममा पुरानो राजतन्त्रको याद गराउने माहोल बनिरहेको थियो । तर माहोल फिल्मी भएको कारण राजा रानि लाइ देखेर उपस्थित सवैलाइ रमाइलो भइरहेको थियो ।
    SHREE PANCH 03
    चलचित्र श्री ५ अम्वरेले सुरुवात देखि नै आफ्नो प्रचार प्रसारको फरक शैलि अपनाउदै आएको छ । यस्तै चलचित्रको प्रेस मिट पनि फरक रुपमा नै सम्पन्न गरियो । मंसिर ५ गते बाट प्रर्दशनमा आउने चलचित्र श्री ५ अम्वरेका मुख्य कलाकार सौगात मल्ललाइ गद्धि मा आशन गराइ , श्री पेच लगाइ राजाको मान्यता दिइ पत्रकार माझ सार्वजनिक गरिएको छ । प्रेस मिट पछि सौगातलाइ सिंगारिएको गाडिमा राखि शहरका बिभिन्न स्थान परिक्रमा गराइएको थियो । SHREE PANCH 02

    श्रीपेच लगाइ गद्धिमा बसेका सौगातलाइ रानि बनेकि केकी अधिकारीले साथ दिएकि थिइन् ।राजा नभएको देशमा केहि क्षणको लागि राजा बन्न पाउदा अनौठो महसुस भइरहेको सौगात बताउछन् भने राजाकि रानि हुदा आफूलाइ पनि खुसि लागिरहेको केकि को भनाइ छ । यो फरक शैलीले दर्शक तान्न कत्तिको सफल हुने हो त्यसको लागि मंसिर ५ लाइ कुर्नै पर्छ । जिबनसाथि फिल्मस्को व्यानरमा निर्माण गरिएको यस चलचित्रलाइ दिपा बस्नेतले निर्देशन गरेकि हुन. ।
    SHREE PANCH 01

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4