Like us on facebook

Advertisements

  • यस्ताे बन्यो ‘वीर विक्रम २’ को फस्टलुक ।


    कलिउड अपडेट(सुरज पौडेल) ।

    मिलन चाम्स निर्दे्शित फिल्म ‘बीर विक्रम २’ को पोस्टर सार्वजनिक गरीएको छ । सार्वजनिक गरीएको पोस्टरमा फिल्मका चार प्रमुख कलाकारहरु देख्न सकिने छ । फिल्मले ‘पिरतीको मिठो तिर्सना’ को रिमेक भर्सन र ‘वाचा’ बोलको गीतमा राम्रो र्चचा बटुलिरहेको समय फिल्मको पोस्टर सार्वजनिक गरको हो ।

    सार्वजनिक ६ पोस्टरमध्ये दुईमा अभिनेत्री वर्षा सिवाकोटीलाई अभिनेता द्वय पल शाह र नाजिर हुसेनको अंगालोमा रोमान्टिक मुडमा देख्न सकिने छ । भने, तेस्रो पोस्टरमा तीन स्टार्स खुसी मुडमा देखिएका छन् । बाँकी तीन पोस्टरमा पल, नाजिर र वर्षासँगै कलाकार बुद्धि तामाङ पनि देखिएका छन् । फिल्ममा बुद्धिलाई नकरात्मक पात्रको रुपमा चित्रित गरिएको निर्माणपक्षले जनाएको छ ।

    यो फिल्म करीब ३ वर्ष अगाडि प्रदर्शनमा आएको फिल्म ‘बीर विक्रम’ को सिक्वेल हो । तर, निर्देशक तथा निर्माता चाम्सले फरक कथावस्तुमा कारण फिल्म सिक्वेल नभएको बताउँछन् ।

    अपर्ण सापकोटा निर्माता रहेको फिल्ममा देशभक्त खनाल, विनिशा भण्डारी, विनोद सुवेदी खत्री, मनिष लिम्बुलगायतका कलाकारहरुको अभिनय रहेको छ । फिल्ममा हिमाल केसीको द्वन्द्व रहेको छ । प्रदीप भारद्धाजले लेखेको कथामा छायाँकार सुदीप बराल छायाँङ्खन रहेको छ ।
    निर्माण पक्षले केही दिनमा फिल्मको ट्रेलर सार्वजनिक गर्दैछ । जेठ ३ गतेबाट फिल्म देशभर प्रदर्शनमा आउने छ ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4