Like us on facebook

Advertisements

  • माघ २४ गते हाँस्य व्यङ्ग्य यात्रा–२०७१ हुने

    जनक श्रेष्ठ,  लमजुङ

    आगामी माघ २४ गते शनिबार सदरमुकाम बेसीशहरमा हाँस्य व्यङ्ग्य यात्रा २०७१ कार्यक्रमको आयोजना गरिने भएको छ । नेपाल जेसिजको समन्वय तथा लमजुङ जेसिजको आयोजनामा हाँस्य व्यङ्ग्य यात्रा कार्यक्रमको आयोजना गरिने भएको हो ।
    कार्यक्रममा हाँस्य कलाकारहरु मरिचमान श्रेष्ठ , बल्छी धुर्बे, आर।पी भट्टराई (लाजाराम), बिष्णु सापकोटा (हर्के हल्दार), राजराजेन्द्र पोखरेल , डिजराज पौडेल (गायक), जानुका पौडेल ९प्याकुली०, रीना गिरी लगायतका कलाकारहरुको वेजोड प्रस्तुति रहने भएको छ ।
    कार्यक्रममा स्थानीय कलाकारहरुको हाँस्य व्यङ्ग्य प्रस्तुति साथै सांस्कृतिक प्रदर्शन रहने लमजुङ जेसिजका निवर्तमान अध्यक्ष सुरेश प्रधानले जानकारी दिनुभयो ।yatra
    हाँस्य व्यङग्य यात्रालाई सफल बनाउन लमजुङ जेसिज बर्ष २०१५ को बुधबार बेसीशहरमा बसेको दोस्रो पूर्ण बैठकले ९ वटा उपसमिति गठन गरेको छ । बैठकले नेपाल जेसिजका केन्द्रीय उपाध्यक्ष एवं लमजुङ जेसिजका निवर्तमान अध्यक्ष राजु अर्यालको संयोजकत्वमा टिकट बिक्री उपसमिति, इनोस जोशीको संयोजकत्वमा संघसंस्था समन्वय तथा प्रपोजल निर्माण उपसमिति, लालुमाया गुरुङको संयोजकत्वमा अतिथि स्वागत तथा विदाई उपसमिति, बिष्णु उपाध्यायको संयोजकत्वमा स्वंमसेवक परिचालन उपसमिति, सन्तोष श्रेष्ठको संयोजकत्वमा मञ्च व्यवस्थापन तथा सरसफाई उपसमिति, शरद बरालको संयोजकत्वमा होटल व्यवस्थापन उपसमिति, अन्जु गुरुङको संयोजकत्वमा आर्थिक उपसमिति, सुरेश प्रधानको संयोजकत्वमा शहरी विज्ञापन उपसमिति, अनुज अधिकारीको संयोजकत्वमा प्रचारप्रसार उपसमिति गठन गरिएको छ ।
    लागुपदार्थ दुरव्र्यसन सम्बन्धि जनचेतनामूलक कार्यक्रम संचालन गर्ने जेसिज वर्ष २०१५ को बार्षिक योजनामा रहेकाले अर्थ संकलनका लागि हाँस्य व्यङग्य कार्यक्रम गर्न लागिएको लमजुङ जेसिजले जनाएको छ । हाँस्य व्यङ्ग्य यात्रा २०७१ को आयोजनाबाट संकलन भएको रकमलाई जेसिजले तोकेको समयमा कार्यक्रम गरी खर्च गरिने नेपाल जेसिजका केन्द्रीय उपाध्यक्ष राजु अर्यालले बताउनुभयो ।
    जिल्ला विकास समितिको सभाहलमा साँझ ५ बजेदेखि सुरु हुने कार्यक्रममा सहभागि हुन ५ सय, ३ सय र २ सय रुपैयाँ गरी ३ प्रकारको टिकटको व्यवस्था गरिएको जेसिजले जनाएको छ ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4