नायिका प्रियंका चोपडाले आफ्नो घरमा भएको यौन धन्दावारे आफू अनविज्ञ भएको बताएकी छन्। घर भाडामा लगाएपछि आफू उक्त घरमा नगएको भन्दै यसबारे कुनै जानकारी नभएको बताइन्। एक कार्यक्रममा सहभागी हुन दिल्ली आइपुगेकी प्रियंकाले घर भाडामा लगाउने ब्यक्तिलाई भाडामा बस्नेको चोटाकोठा चहार्ने अधिकार नभएको समेत बताइन् उनले भनिन्, ‘घर भाडामा दिएपछि उसको शयनकक्षमा के हुन्छ भनेर घरधनीले हेर्न मिल्दैन। प्रहरीका अनुसार प्रियंकाको अँधेरीस्थित फ्ल्याट लिएर केही महिलाले यौनधन्दा सञ्चालन गरेका थिए । प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको जनाएको छ। यौन धन्दा कानुन विपरित कार्य भएको भन्दै प्रियंकाले प्रहरीलाई सघाउन आफू तयार भएको जानकारी दिँदै प्रहरीको यसबारे अनुसन्धान सकिएपछि सबै कुरा स्पष्ट हुने बताएकी छन्। source setopati