‘पोइ पर्‍यो काले’को शुभ मुहुर्त, सौगात र सृष्टि एक साथ देखिदै‌

कलिउड अपडेट(सुरज पौडेल) ।

चलचित्र ‘पोइ पर्‍यो काले’ को सोमवार राजधानीमा एक कार्यक्रमका बीच शुभ मुहूर्त गरिएको छ । चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई र चलचित्र पत्रकार संघका अध्यक्ष सन्दिप सापकोटाले चलचित्रको मुहूर्त गरेका हुन् । पूजा शर्मा र अभिनेता सौगात मल्ल मुख्य भुमिका रहने चलचित्रमा   आकाश श्रेष्ठ, सृष्टि श्रेष्ठ, सोहित मानन्धर, राजाराम पौडेल, बिन्दा खतिवडा, जयनन्द लामालगायत कलाकारहरुकाे अभिनय रहनेछ ।

निर्देशक राणाकै कथा तथा पटकथा रहेको चलचित्रलाई शिव ढकालले खिच्ने छन् । श्याम बहादुर थापा प्रस्तुतकर्ता रहेको चलचित्रमा दिपक मनाङ्गे र अ. देवि राईको लगानी रहनेछ । चलचित्रका कार्यकारी निर्माता भने किरण नेपाली र रधु परियार हुन् ।

शिशिर राणाको निर्देशनमा निर्माण हुने चलचित्रको जेठ १३ गतेबाट छायांकन सुरु हुने छ भने आउँदो कात्तिक ८ गते दिपावलीको अवसर पारेर प्रदर्शनमा अाउने छ ।

Share the News

Related News

Adverstisements

Latest Videos

  • Video 1

  • Video 2

  • Video 3

  • Video 4