कार्तिक २२ , कलिउड अपडेट ।
निर्देशक आलोक नेम्वाङ अव हामि माझ छैनन् । तर उनले दिएका सयौ म्यूजिक भिडियो र चलचित्रहरु उनको सम्झना स्वरुप हामि माझ नै छन् । उनको निर्देशन रहेको चलचित्र अझै पनि फागुन १५ गते देखि प्रर्दशन पनि हुदैछ ।
संयोग पनि कस्तो , बिहिबार सांझ यता निर्देशक आलोक नेम्वाङले आत्महत्या गरि अन्तिम सास फेरिरहदा उता टेलिभिजनमा उनको अन्तिम चलचित्र अझै पनि को स्याड गित सार्वजनिक भइ रहेको थियो । सोहि गित यूटुव मार्फत आज सार्वजनिक गरिएको छ । चलचित्र भित्र समावेश गितहरु मध्ये पनि स्व निर्देशक नेम्वाङ लाइ सवै भन्दा मन परेको गित यहि गित थियो । बिजय शिवाकोटिको शव्दमा सचिन सिं को संगित रहेको यस गितमा राजु लामाले श्वर दिएका छन् । सुदर्शन थापा र पुनम गौतमको संयुक्त निर्माण रहेको प्रस्तुत चलचित्रमा सुर्दशन थापा , पुजा शर्मा , सुरक्षा पन्त , पुष्प खड्का , बिशाल ढुंगाना , रामशरण पाठक , बिपना धिमाल लगायतका कलाकारको अभिनय रहेको छ । गित हेर्नुहोस जस्ले स्व निर्देशक आलोक नेम्वाङको सम्झना झन ताजा हुनेछ ।