चैत्र २९ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘ए मेरो हजुर ३’लाई लिएर नायिका सुहाना थापा उत्साहित देखिएकी छिन् । नायिका तथा निर्देशक झरना थापाकी छोरीको ट्यागबाट अलग हुनु अर्को चुनौति सुहानामा रहेको छ ।
अभिनयमा खोट लगाउने ठाउँ नभए पनि उनले गरेको कामको मूल्यांकन दर्शकले कसरी गर्छन ? भन्ने आर्को प्रतिक्षाको विषय रहेको छ । देश बाहिर रहेर अध्ययन गरिरहेकी सुहानलाई निर्देशक झरना थापाले फाइनल गर्दा धेरैले टिप्पणी गरे, ‘छोरीलाई नायक अनमोल केसीको नायिका बनाएर हिट बनाउने दाउमा झरना लागिछन् ।’
अनमोल केसीलाई फाइनल गरेपछि झरनाले सुहानालाई फोन गरेर चलचित्रमा तिमी पनि छौं है भनेकी रहिछन् । के अनमोल केसीको साहारामा तपाइले सुरक्षित प्रवेशको बाटो खोज्नुभएको हो, भन्ने एक अनलाईन न्युज प्रोटलको प्रश्नमा सुहानाले भनेकी छन्–‘मलाई कसैले त्यस्तो भन्दा दुःख लाग्दैन । किनकी, चलचित्रमा अनमोल हुनु र मेरो आफ्नै प्रोडक्शन हाउस हुनु मेरा लागि ठूलो कुरा हो ।’ उनले यो ब्रान्ड र यो स्कुलिङले आफूलाई फाइदा हुने समेत प्रष्ट पारिकी छिन् ।
उनले अगाडी भनेकी छिन्– ‘आज म जे छु आमा झरना थापाको नाम बाटै छु ।’ यसरी उनि आफुलाई चलचित्र क्षेत्रमा प्रवेशको श्रेय आफ्नो आमालाई दिन्छिन् । उनको आमाको साख जोगाउन र आफ्नो पहिचान बनाउन पनि एउटा परीक्षाको रुपमा पनि हेरिएको छ, चलचित्र ‘ए मेरो हजुर ३’ सफलता लाई ।
चलचित्र सफल होला या असफल यो आगामी दिनले बताउने छ । तर एउटा संभावना बोकेको कलाकारको प्रवेश चलचित्र क्षेत्रमा भएको चलचित्र समिक्षहरु बताउछन् ।
चलचित्र संगै नायिका सुहाना थापाको पनि चलचित्र नगरि प्रवेश सफल रहोस्, हार्दिक शुभकामना ।
सुहाना इन्टरटेन्टमेन्ट’को व्यानरमा निर्माण भएको चलचित्रमा सुनीलकुमार थापाको लगानी रहेको छ । सञ्जय लामाले खिचेको चलचित्रलाई दीर्घ खड्काले सम्पादन गरेका छन् ।
झरना थापा र सुमन पौडेलको कथा रहेको चलचित्रको पटकथा छेतेन गुरुङ, बाबुराम दाहाल, सुमन पौडेल र प्रतीक पौडेलले तयार गरेका हुन् । चलचित्रमा अनमोल र सुहानासँगै सलोन बस्नेत, रवीन्द्र झा, रुपा घिसिङ, रेअर राईलगायतको मुख्य भूमिका रहेको छ ।