Like us on facebook

Advertisements

  • नगरकोटमा ‘सत्यदिप’

    कार्तिक १ , कलिउड अपडेट ।

    काठमाडौ । गीत संगीतकै माध्यमबाट समाजमा सकरात्मक सन्देश दिन सकिन्छ भन्ने बिषयबस्तुमा निर्मीत चलचित्र ‘सत्यदिप’ छाया“कनको अन्तिम चरणमा छ । पुष्कार घिमिरेको निर्देशनमा डेब्यु चलचित्र ‘सत्यदिप’ शुक्रबार नगरकोट आसपासका स्थानमा छायांकन गरिएको छ । दशै अगाडिनै अधिकांस छायांकन सकिएको चलचित्रको अहिले बाकी रहेको दुई गीतको छायांकन भइरहेको निर्देशक घिमिरेले जानकारी गराए ।

    Satyadeep2 (2)
    सांगीतिक लबस्टोरी पृष्ठभूमिमा समेत चलचित्र निर्माण गरिएको बताइएको ‘सत्यदिप’ ४ गति समावेश छन् । जसको संगीत अर्जुन पोखरेलले भरेका हुन् । चलचित्रको संगीतले आफ्नो संगीत करियरमा नया“ मोड ल्याउने अर्जुनको दाबी छ । ‘सत्यदिप’ पूणर््ँ रुपमा सांगीतिक चलचित्र हो, त्यसैले मैले पनि संगीतमा उत्कृष्ठता दिने कोशिस गरेको छु ।’ अर्जुनले भने । चलचित्रका गीतहरुमा सुगम पोखरेल, स्वरुपराज आचार्य, अञ्जु पन्त, सुमन तामाङ लगायतकाको स्वर रहेको छ ।
    बि.आर फिल्मस् प्रालिको ब्यानरमा निर्मीत यो चलचित्रका निर्माता बिनयराम श्रेष्ठ हुन् । बिनयको यसअगाडी निर्माता टंक लम्सालस“ग सहकार्य रहने गर्दथ्यो ।
    चलचित्रमा रबि गिरी, उमा बेबी, दिब्येस्वर गौतम, सबिना केसी, श्याम केसीलगायतका कलाकार मुख्य भुमिकामा छन् । चलचित्रमा कमल राइले नृत्य, अष्ट महर्जनले द्वन्द्व दिएका छन् ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4