Like us on facebook

Advertisements

  • धान काट्न छोडि पाँडे,जिग्रि र बले श्री ५ अम्वरे हेर्न जाने (TVC AD)

    कार्तिक ११ , कलिउड अपडेट ।
    मंसिर ५ गते प्रर्दशनमा आउन लागेको बहुप्रतिक्षित चलचित्र श्री ५ अम्बरे ले आफ्नो प्रचार प्रसार लाई आक्रमक बनाउदै लगेको छ । चलचित्रको जब सपनीमा बोलको गीतले बजार तताउँदै गर्दा निक्लेको ट्रेलरले पनि यू–ट्युव लगायत सञ्चार माध्यममा धमाका मच्चाएको छ । प्रचार प्रसारको अन्य सामाग्री संगै श्री ५ अम्बरे यूनिटले टेलिभिजनको लागी चर्चित टेलिश्रृंखला भद्रगोलका कलाकारहरुलाई लिएर टिभीसी तयार पारेको छ । हामी नेपाली चलचित्र प्रेमी समक्ष श्री ५ अम्बरे आउदैछ भन्ने जानकारी देशको कुना कुनामा पुर्याउन चाहन्छौ । त्यसैले चर्चित कलाकार लाई लिएर टिभीसी तयार पारेको निर्माता टि.एन. आचार्यले बताए ।
    shree panch ambare
    जिवनसाथी फिल्मस्को व्यानरमा निर्मित चलचित्रमा सौगात मल्ल, केकी अधिकारी, प्रियंका कार्की, बिक्रम सिंह, सिर्जना अधिकारी, यमबुद्ध, दिवाज राइ , मार्टिन खान, राज गोदाइली आदी कलाकारहरुको अभिनय देख्न सकिन्छ । चलचित्रको सम्पुर्ण पोष्ट प्रोडक्सनको कार्य लगभग सकिएको छ । यस चलचित्रमा कृष्णहरि बराल, कालीप्रसाद बाँस्कोटा, यम बुद्ध लगायतले गीत रचना गरेका छन् भने बसन्त सापकोटा, कालीप्रसाद बाँस्कोटा, बाबु बोगटी, तथा यम बुद्धले संगीत गरेका छन् । चलचित्रको गीतलाइ शिव परियार, यम बुद्ध, मिलन अमात्य, सनुप पौडेल आदीले स्वर भरेका छन् । चलचित्रमा पाश्र्व संगित विनोद कुमार भुजेलको रहेको छ भने विनय अधिकारीले साउण्ड डिजाइन गरेका छन् । चन्दन दत्तको सम्पादन रहेको चलचित्रलाइ गणेश श्रेष्ठले छायाँकन गरेका हुन् । टि. एन. आचार्य र दिपक आचार्य निर्माता रहेको उक्त चलचित्रलाई डिजिटल सिनेमा नेपालले वितरणको जिम्मा लिएको छ । चलचित्र मंसिर ५ गते देशभरका चलचित्रहलहरुमा प्रदर्शन हुदैछ ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4