Like us on facebook

Advertisements

  • दिलिपले किन रोजे बिधवा ?

    dilip raymajhi
    कार्तिक २ , कलिउड अपडेट ।
    नायक दिलिप रायमाझी लगभग नेपाली चलचित्र बाट ओझेल परिसकेका थिए तर फेरी उनि नेपाली चलचित्रमा आफ्नो पुरानो स्थान सुरक्षित गर्ने भएका छन् । किनकि दिलिप रायमाझी अब बिभिन्न चलचित्र मार्फत पुन एक पटक दर्शक माझ आउने तयारी गरिरहेका छन् ।

    पुस ११ गते नायक दिलिप रायमाझी चलचित्र बिधवा मार्फत देखा पर्दैछन् । गिरि प्रसाद सुनारको निर्माण मा बनेको यस चलचित्रले सामाजिक कुरिति बिरुद्धको कथा बोल्छ । नेपाली समाजमा एकल महिलालाइ गरिने दुव्र्यवहार र छुवाछुतको बिषयलाइ चलचित्रले उठान गरी निर्माण भएको एक सन्देशमुलक चलचित्र भएको कारण नायक दिलिप रायमाझीले कथा सुन्ने बितिकै चलचित्रमा अभिनय गर्न राजि भएको निर्माता सुनारको भनाइ छ । चलचित्र भित्र पनि नायक दिलिप रायमाझिले एक एकल महिलालाइ नै बिबाह गर्ने छन् । चलचित्रका सवै बिधामा हात हाल्न खोज्ने निर्देशक मनोज श्रेष्ठ यस चलचित्रका निर्देशक हुन् । चलचित्र बिधवामा दिलिप को साथमा सोनु घिमिरे , मनोज श्रेष्ठ , गिरि प्र सुनार लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रका गितहरुमा शव्द शंकर अधिकारी घायलको रहेको छ भने संगित बिकाश चौधरीको रहेको छ ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4