Like us on facebook

Advertisements

  • दशैमा ‘छक्का पन्जा ४ ‘

    कलिउड अपडेट , काठमाण्डौ ।
    यो बर्षको दशै सकिएको दुइ महिना नबित्दै अर्को दशैमा फिल्मको चाप अहिले देखि नै बढ्न थालेको छ । अहिले सम्म २०७७ सालको दशैको लागी भनेर ३ वटा चलचित्रहरु आइ सके । अहिले सम्म मह जोडिको नयाँ फिल्म र अशोक शर्माको अल्लारे २ दशैमा आउने कुरा थियो अव फेरी दिपक दिपाको फिल्म छक्का पन्जा ४ पनि अब आउने दशैको फूलपातीमा आउने भएको छ ।


    हरेक वर्षझैँ अर्को वर्षको दशैंमा पनि नेपाली चलचित्रबीच ठूलो भिडन्त हुने देखिएको छ । अर्को वर्षको दशैंका लागि अहिलेसम्म मह जोडीको चलचित्र र अशोक शर्माको चलचित्र ‘अल्लारे २’ ले प्रदर्शन मिति घोषणा गरिसकेका छन् । यसबीच, दीपकराज गिरी र दीपाश्री निरौलाको टिमले बनाउन लागेको चलचित्र पनि अर्को वर्ष अर्थात् २०७७ सालको दशैंमा प्रदर्शनमा आउने तय भएको छ ।
    निर्माता दीपकराज गिरीले रिच इन्टरटेन्मेन्ट र जि.जि.ए ग्रुपलाई काठमाडौंभित्र र एफडी कम्पनीलाई मोफसलमा चलचित्र वितरण गर्ने अधिकार दिएका छन् । शुक्रबार वितरक कम्पनीसँग उनको कागजी सम्झौता भएको हो । चलचित्रलाइ दिपाश्री निरौलाले नै निर्देशन गर्ने छिन् ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4