माघ २३, काठमाडौं । सृष्टि केसीको जीवनमाथि बनेको बायोपिक सिनेमा ब्लाइन्ड रक्सको अफिसियल ट्रेलर लन्च भएको छ । मंगलबार आयोजित प्रेसमिटमा बेनिशा हमाल र अर्पण थापा स्टारर फिल्मको ट्रेलर सार्वजनिक गरियो ।
फागुन १८ गते रिलिज हुने सिनेमालाई मिलन चाम्सले निर्देशन र निकेश लिम्बुले निर्माण गरेका हुन् । सृष्टिको भूमिकामा बेनिशाले अभिनय गरेकी छन् । प्रेसमिटमा बेनिशा र सृष्टि दुबै आकर्षणको केन्द्र बने ।
‘फिल्मले बरु मलाई दृष्टि दिएको छ । मेरा थप हजार आँखा खुलेका छन्’ केसीले भनिन्, ‘फिल्म हेरेर सुझाव दिनुहोला ।’ निर्देशक चाम्सले सृष्टिको जीवन आफैमा फिल्मी भएकाले सिनेमा बनाउन जटिल नभएको बताए । लन्डनमा रहेका निर्माता निकेश लिम्बुको भिडियो सन्देश स्क्रिनिङ गएिको थियो । ट्रेलरलाई उपस्थितले रुचाएका छन् । हेर्नूस ट्रेलर ः