कार्तिक २२ , कलिउड अपडेट ।
चलचित्र श्री ५ अम्वरेले पव्लिसिटिको पृथक शैली अपनाइरहेको छ । घर घरमा पुग्ने हास्य सिरीयल भद्रगोलका कलाकार लाइ राखि तयार गरिएको प्रचार प्रसार सामग्रि लाइ नै चलचित्रले प्रचार प्रसारको मुख्य हतियार बनाइरहेको छ । भद्रगोल पछिल्लो समयको लोकप्रिय सिरियल हो ।
भद्रगोलका तिन मुख्य पात्रहरु जिग्रि , बले र पाँडे लाइ राखि चलचित्र हेर्न जाउ भनि बिज्ञापन तयार गरेको छ ।
पछिल्लो समयमा केहि चलचित्रले प्रचार प्रसारका लागि चलचित्रका कलाकार नै सिरियल हरुमा अभिनय गर्ने गर्थे । तर यो पटक श्री ५ अम्बरेले सिरियलका कलाकारहरु नै राखेर प्रचार प्रसार निर्माण गरिरहेको छ । चलचित्र मंसिर ५ गते बाट प्रर्दशन हुदैछ । जिवनसाथि फिल्मस्को व्यानरमा निर्माण गरिएको छ चलचित्र लाइ दिपा बस्नेतले निर्देशन गरेकि छिन् । चलचित्रमा सौगात मल्ल , केकि अधिकारी , प्रियंका कार्कि , बिक्रम सिं लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
हलमा गएर फिल्म हेर्ने दर्शक संगै घरमा टेलिभिजन मात्र हेर्ने दर्शकलाइ चलचित्र श्री ५ अम्वरेले हल सम्म तान्न सक्ने हो या होइन त्यो थाहा पाउन मंसिर ५ लाइ पर्खनुको बिकल्प छैन ।