Like us on facebook

Advertisements

  • जिन्दगीलाई रक्स बनाउन यसो गर्दैछिन् अकेशा (भिडीयो)

    असोज ५ , कलिउड अपडेट ।
    एक सय भन्दा बढी म्युजिक भिडीयोको निर्देशनबाट खारिएका निर्देशक निकेश खड्काद्धारा निर्देशित पहिलो चलचित्र जिन्दगी रक्स डबिङको अन्तिम चरणमा पुगेको छ । वानेश्वरको रियल टाइम स्टुडियोमा डबिङका कामहरु धमाधम भइरहेको र केही दिन भित्रैमा सम्पन्न हुने चलचित्र युनिटले जनाएको छ । विशुद्ध मनोरञ्जनात्मक र सामाजीक कथामा केन्द्रित चलचित्र जिन्दगी रक्सले हरेक मानिसले आफ्नो युवा वयमा देखाउने व्यबहार र जीवन शैलीलाई ४ जना युवा कलाकारका मार्फत प्रस्तुत गर्न खोजेको निर्देशक खड्काले बताए ।
    akesha bista
    जिन्दगी रक्सलाई वास्तविक रक्स बनाउन मिडीयामा देखिइराखेका कलाकारहरुले सहज बनाएका छन् । कान्तिपुर टेलिभीजनबाट प्रसारण हुँदै आएको कार्यक्रम कल कान्तिपुरकी प्रस्तोता अकेशा विष्ट यस चलचित्र मार्फत दर्शक माझ पहिलो पटक देखिदै छिन् । उनले जिन्दगी रक्स भन्दा अगाडी नाम चलेका निर्देशक र ठुला ब्यानरबाट प्रस्ताब आउँदा समेत नखेलेर यो चलचित्र मार्फत पहिलो पटक सिने नगरीमा डेब्यु गरेकी छिन् । यो चलचित्रमा अभिनय गनुृको कारणमा उनले यसको स्क्रीप्ट र निर्देशकीया पाटो मजबुत भएको बताइन् । अकेशाले यो चलचित्र मार्फत आफुले आगामी दिनमा कलाकारीता पेशालाई समेत निरन्तरता दिन सक्ने जनाएकी छिन् । जिन्दगी रक्समा अकेशासँगै सौरमराज तुलाधर, सोनाम पाख्रिन, रिचा शर्मा, प्रकृति श्रेष्ठ, मकन राई, बिनोद मैनाली, बिकी पुलामी, र पाका कलाकार तथा द्धन्द निर्देश राजेन्द्र खड्की चलचित्रमा अभिनय गरेका छन् । विशेषगरी, काठमाडौँ, पोखरा र चितवनका रमणय स्थानहरु र हाइवेमा छायांकन गरिएको यस चलचित्रको मजबुत पाटो सगींत पनी रहेको सगींतकार सुगम पोखरेलले बताए । सुगमका अलावा कमल खत्री, बाणी ब्याण्डका पुष्पन प्रधान र सन्जीत श्रेष्ठले चलचित्रमा सगींत भरेका छन् । भि प्रोडक्सनको व्यानरमा विरेन्द्रराज तुलाधर र सुजीता श्रेष्ठको निर्माणमा बनेको चलचित्रमा उमेश मर्हजनको द्धन्द्ध, हरि हुमागाईको छायांकन रहेको छ । चलचित्रको सहनिर्देशन बिनोद मैनालीले गरेका छन् ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4