कलिउड अपडेट(सुरज पौडेल) ।
चलचित्र ‘जात्रै जात्रा’को टिम प्रचारको लागी टेलिभिजन शो ‘को बन्छ करोपति’ मा पुगेको छ । कलाकार दयाहाङ राई र विपिन कार्कीले हट सिटमा नायक राजेश हमाल सँग हाजिरिजवाफ खेल खेलेका छन् । उनीहरुले जितेको रकम भने खुलाइएको छैन । फिल्म निर्देशक प्रदिप भट्टराइले भने–‘हामीले को बन्छ करोडपतिबाट जती रकम जितेका छौ, त्यसमा हाम्रो टिमबाट थप गरेर नायिका स्वेता खड्काको स्वेता श्री फाउन्डेशनलाई हस्तान्तरण गर्दैछौ ।’
स्वेताले अहिले सिन्धुपाल्चोकको माझी बस्तीमा बस्ती निर्माण गरिरहेकी छिन् । नायक राजेश हमालसँग बसेर हट सिटमा खेल खेल्दा रमाइलो र नयाँ अनुभुती भएको कलाकार दयाहाङ राइले बताए । यस्तै, अर्का कलाकार विपिन कार्कीले खेल खेल्न सहज नभएपनि रमाइलो भएको सुनाए ।
प्रदिप भट्टराइको निर्देशनमा तयार भएको चलचित्र जेठ ३ गतेबाट प्रदर्शनमा आउने छ । चलचित्रमा विपिन कार्की, दयाहाङ राई, रविन्द्र झा, रविन्द्र सिह बानियाँ, बर्षा राउत लगायतका कलाकारको मुख्य भूमिका छ ।