Like us on facebook

Advertisements

  • youtube-subscribe logo
  • चलचित्र ‘आरुसी’को ‘डालीमा हो डालीमा’ बोलको गीत सार्वजनिक

    कलिउड अपडेट(सुरज पौडेल) ।

    चलचित्र ‘आरुसी’ को दोस्रो गीत रिलिज भएको छ । मंगलबार चलचित्रको लोकलयमा आधारित ‘डालीमा हो डालीमा’ बोलको गीत सार्वजनिक गरिएको हो ।

    लय संग्रोलाको शब्द रचनामा विकास चौधरीको संगीत रहेको गीतमा सुसन साम्सोहाङ लिम्बु र सुम्निमा इङ्नामको स्वर रहेको छ । कोरियोग्राफर कमल राईको नृत्य निर्देशन रहेको उक्त गीत टिपीकल शब्द भएका कारण जनजिब्रोमा झुण्डिने विश्वास निर्माण पक्ष रहेको छ । गीतमा इशक र रमा फिचर भएका छन् ।

    इशक राई, रमा लिम्बु, कला राई लगायतका कलाकारको मुख्य भूमिका रहेको चलचित्रलाई उदय सुब्बाको निर्देशन गरेका हुन् भने, साहारा प्रधान, केशव कुमार श्रेष्ठ र विरु गुरुङले संयुक्त रुपमा निर्माण गरेका हुन् । चलचित्रलाई मौनता श्रेष्ठले लेखेका हुन् । नयाँ युवा पीडिको चाहाना बमोजिम टिनएजको कथा उठाएर यो पटक आफू प्रस्तुत भएको निर्देशक सुब्बाले बताएका छन् । इशकले यसै चलचित्रबाट नायकको रुपमा डेव्यु गरेका छन् ।

    त्रिकोणात्मक प्रेमकथामा आधारित चलचित्र ‘आरुसी’ आगामी असार २७ गते सार्वजनिक प्रदर्शनमा आउँदैछ ।

    भिडियो हेर्नुहोस् ।

    Share the News

    Related News

    Adverstisements

  •  

     

     

     

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4