Like us on facebook

Advertisements

  • एउटा साथि एक हप्ता पर , आवेग एक हप्ता वर

    कार्तिक १३ , कलिउड अपडेट ।
    भोलि अर्थात कार्तिक १४ गते बाट प्रर्दशनमा आउछ भनिएको चलचित्र एउटा साथि भोलि बाट प्रर्दशनमा आउन नसक्ने भएको छ । चलचित्रले आफ्नो प्राबिधिक कारण देखाउदै एक हप्ता पर सारेको छ । सन्चारकर्मि लक्ष्मण सुवेदीको निर्देशन रहेको चलचित्र एउटा साथि अव कार्तिक २१ गते प्रर्दशन हुदैछ । चलचित्र एउटा साथि पोष्टपोण्ड भएको दोश्रो पटक हो । सुरुमा असोज १५ मा चलचित्र प्रर्दशनको लक्ष्य लिइएको थियो । चलचित्र एउटा साथिमा रिस्ता बस्नेत , जोन तामाङ , अनु शाह , सलोन बस्नेत लगायतका कलाकारको अभिनय रहेको छ ।
    euta sathi
    यस्तै चलचित्र राजनिति बाट चर्चामा आएका निर्देशक बसन्त निरौला को निर्देशन रहेको चलचित्र आवेग फागुन ८ बाट प्रर्दशनमा आउने भएको छ । यस अघि चलचित्र फागुन १५ मा प्रर्दशनमा ल्याउने तयारी गरिरहेको थियो । नायक आर्यन सिग्देलकै अभिनय रहेको चलचित्र पुर्नजन्म पनि सोहि मितिमा प्रर्दशन हुने भए पछि यो चलचित्र एक साता अघि तानिएको हो । चलचित्र आवेगमा आर्यन सिग्देल , पबित्रा आचार्य , ध्रुव दत्त , अर्चना गेलाल लगायतका कलाकारको अभिनय रहेको छ ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4