Like us on facebook

Advertisements

  • आर्यन र जिवन दुबै साइकलमा , दुबै हिट

    कार्तिक १५ , कलिउड अपडेट ।
    यतिबेला दुइ चलचित्र प्रतिस्पर्धात्मक रुपमा प्रर्दशनरत छन् । यस साता बाट प्रर्दशनमा आएको चलचित्र टलकजंग भर्सेज टुल्केले खासै दर्शक तान्न नसके पछि गत साता रिलिज भएका दुइ चलचित्र लज्जा र स्टुपिड मन नै हलमा देखिएका छन् ।
    व्यावसायीक हिसाव बाट चलचित्र लज्जा अघि छ तर पनि स्टुपिड मनलाइ पनि दर्शकले साथ दिइरहेका छन् । तर यी दुइ चलचित्रका सुरुवातको दृष्यमा समानता पाइन्छ । संयोग नै हुन सक्छ यी दुइ फिल्मका हिरोहरुले साइकल नै चढ्छन् । स्टुपिड मन मा नायक जिवन लुइटेल साइकल मा नै हुन्छन् , साइकलमा सवार नायक नायीकालाइ देखे पछि ध्यान नायीका तर्फ जान्छ र एउटा गाडिले ठक्कर दिइ सामान्य घाइते हुन्छन् । चलचित्रको कथा त्यहि बाट आरम्भ हुन्छ । स्टुपिड मनमा जिवनलाइ साथ दिएकि छिन् नायीका चादनि शर्माले ।
    jeevan
    यस्तै यता चलचित्र लज्जा मा पनि नायक आर्यन सिग्देल साइकलमा नै हुन्छन् । नायीका पानिमा रुझिरहेको देखे पछि उनको ध्यान पनि नायीका तर्फ नै हुन्छ , साइकल ढुंगामा ठोकिन्छ र आर्यन सामान्य घाइते हुन्छन् अनि कथा अघि बढ्छ । लज्जामा आर्यनलाइ साथ दिएकि छिन् शिल्पा पोखरेल ले । aryan
    सरुवातका दृष्य उस्तै उस्तै भए पनि यी दुइ चलचित्रमा आकाश जमिनको फरक छ । दुइ भिन्न स्वाद दिने भएको कारण पनि दुवै चलचित्रलाइ दर्शकले साथ दिइरहेको अनुमान गर्न सकिन्छ ।

    छबिराज प्रोडक्सनको व्यानरमा निर्मित चलचित्र लज्जालाइ नवल नेपालले निर्देशन गरेका छन् भने निरज बरालको निर्माण रहेको चलचित्र स्टुपिड मनलाइ दिवाकर भट्टराइले निर्देशन गरेका छन् ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4