Like us on facebook

Advertisements

  • आगोलाइ पिजी सर्टिफिकेट , के के मा भयो आपत्ति ?

    aago mansirकार्तिक २० , कलिउड अपडेट ।
    सेन्सर बोर्डले फिल्म हेर्ने समय नदिए पछि आक्रोशित चलचित्र आगो २ को आक्रोश सेलाएको छ । चलचित्रलाइ आज सेन्सर बोर्डले पि जी सर्टिफिकेट दिएको छ । बिभिन्न द्धन्दका दृष्यका कारण चलचित्र आगो अव १६ बर्ष मुनिका दर्शकले अभिभावकको मार्गदर्शनमा चलचित्र हेर्नु पर्ने छ । समयमा सेन्सर नहुदा आगो २ पूर्व निर्धारीत मिति असोज ३१ मा प्रर्दशन हुन सकेको थिएन । अव चलचित्र मंसिर १२ गते प्रर्दशन हुदैछ ।

    के के मा भयो आपत्ती ?

    आगो चलचित्र राजनितिक पृष्ठभूमिका निर्माण गरिएको चलचित्र हो । चलचित्र भित्र समावेश बिभिन्न सम्वादमा सेन्सर बोर्डले आपत्ती जनाएको छ । ६०१ नेताहरु भनेको संवाद माथि सेन्सर बोर्डको आपत्ति रहे पछि सयौ नेता राख्न सुझाव दिइएको छ । यस्तै प्रधानमन्त्रि ज्यू भनिएको ठाउमा नेता ज्यू राख्न पनि भनिएको छ । आर्मिलाइ गोलि हानी मारिएका दृष्य हटाउन सेन्सर बोर्डले निर्देशन दिएको छ । सेन्सर बोर्डको निर्णयलाइ आफूलाइ मान्य रहने भन्दै निर्देशन पालना गर्ने प्रस्तुतकर्ता किशान पोखरेलले बताएका छन् । चलचित्रलाइ मदन घिमिरेले निर्देशन गरेका छन् भने चलचित्रमा शुशिल क्षेत्री , सारिका घिमिरे , गणेश गिरि , किशान सुनार  , गणेश उप्रेती , प्रिया रिजाल , हेमन्त बुढाथोकि लगायतका कलाकारको अभिनय रहेको छ ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4