Like us on facebook

Advertisements

  • आगामी जेठ ३, बर्षामय बन्दै ! कस्ले मार्छ बाजी ?

    कलिउड अपडेट(सुरज पौडेल) ।

    अभिनेत्री बर्षा सिवाकोटी र वर्षा राउतको स्टारडमको भिडन्त रोचक हुने भएको छ । उनिहरु अभिनित चलचित्र एकै मितिमा सार्वजनिक हुँदैछ । सिवाकोटीको वीर विक्रम २ र राउतको जात्रैजात्रा आगामी जेठ ३ मा नेपालभर प्रदर्शन हुँदैछ । बाजी कस्ले मार्छ त्यो हेर्न कम्ता रोमाञ्चक हुने छैन ।

     

    यि दुबै चलचित्र यसबर्षका प्रतिक्षित मानिएका चलचित्र हुन् । महंगो वजेटमा निर्माण गरिएका दुबै चलचित्रमा नाम चलेका कलाकारहरुले काम गरेका छन् । जात्रैजात्रामा दयाहाङ राई, बीपीन कार्की लगायतका कलाकार छन् । भने यता विर विक्रम २ मा अहिलेका हटकेक अभिनेता पल शाह, नाजिर हुसेन छन् ।

     

    नेपालको चलचित्र उद्योगमा अभिनेत्रीको भाग्य उनिहरु अभिनित चलचित्रको कमाई र सफलतासँग जोडिने गरेको छ । यि दुई अभिनेत्रीका हकमा पनि यो कुरा लागु हुने कुरा विश्लेषण गरीएको छ ।

     

    राउत आफुलाई अफर आएका सबै फिल्ममा अभिनय गर्छिन भने, सिवाकोटी छानेर मात्र फिल्ममा अभिनय गर्छिन् । तुलनात्मक रुपमा राउत भन्दा सिवाकोटीको चर्चा धेरै हुने गरेको छ । किनभने, उनी अभिनित चलचित्र पशुपती प्रसाद र नाई नभन्नु ल २ सर्वाधिक सफल चलचित्र हुन् । त्यसो त राउतका चलचित्रले पनि राम्रो सफलता पाइरहेका छन् ।

     

    ट्रेलरका हिसाबमा दुवै चलचित्रले दर्शक हल सम्म तान्न सक्ने अपेक्षा गरिएको भएता पनि एकै मितिमा जुध्ने भएका कारण कुन चलचित्रको पल्ला भारी हुन सक्ला भन्ने समिक्षकहरुले समेत अनुमान लगाउन सकेका छैनन् । दुई बर्षाको भिडन्तमा कसलाई थला पार्ने हो त्यो त दर्शको हातमा छ । हामी कामना गर्दछौं दुबै चलचित्रले राम्रो ब्यापार गरुन र कोही कोमामा नजाउनु ।

     

     

     

     

     

     

     

     

    हेर्नुहोस् भिडियो ।

    https://youtu.be/0upVamB0IAM

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4